Home  
Janahit Voice

संखुवासभा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा प्रधानमन्त्री

४ असार २०८०, सोमबार

पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएका छन्।

उनी केही बेरअघि संखुवासभा, पाँचथर र ताप्लेजुङको बाढी पहिरो ग्रस्त ठाउँ अवलोकनका लागि प्रस्थान गरेको बताइएको छ।सोमबार बिहान बाढीपहिरो प्रभावित क्षेत्रका सांसद, नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटेर उद्धार र राहतमा तदारूकता देखाउन माग गरेका थिए।

शनिबार राती आएको अविरल वर्षाका कारण संखुवासभाको हेँवा खोलामा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ भने हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका छन्।

बाढीले चैनपुर–४ दोभनेमा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोपावरमा क्षति पुग्नुका साथै त्यहाँ काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका हुन्। सम्पर्क विहीनहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चैनपुर नगरपालिका र पाँचखपन नगरपालिकाको बीचमा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *