Home  
Janahit Voice

पहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार

४ असार २०८०, सोमबार

पाँचथरमा भारी बर्षाका कारण आएको पहिरोमा आइतबार रातिदेखि फसेका पाँचथरका १२ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । आइतबार रातिदेखि फसेका ३ घरका १२ जनालाई आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

पाँचथर याङवारक गापा १ का ६० वर्षे नरमाया गुरूङ, १६ को सन्दिप गुरूङ, ९ वर्षे हिमा गुरूङ, ८० वर्षे कृष्णबहादुर गुरूङ, ६० वर्षे डिकमाया गुरूङ, ३५ वर्षे काजुहाङ गुरूङ, ३० वर्षे सुनिता गुरूङ, ४३ वर्षे मनबहादुर गुरूङ, ४४ वर्षे मनकुमारी गुरूङ, १६ वर्षे सुस्मा गुरूङ, ७० वर्षे पदमबहादुर खालिङ र ६८ वर्षे मनमाया खालिङलाई हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उनीहरुलाई उद्धार गरी च्याङथापुस्थित विष्णु माविमा पुर्याएर सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *