Home  
Janahit Voice

काठमाण्डू र पोखरामा हिन्दी चलचित्रमा रोक, सिनेमाघर सञ्चालकहरूले दिए चुनौती

४ असार २०८०, सोमबार

भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश एक विवादास्पद संवाद नहटाइएको भन्दै काठमाण्डू र पोखरा महानगरपालिकाले प्रदर्शन गर्न रोक लगाएका थिए। उक्त विषयलाइ लिएर सिनेमाघर सञ्चालकहरूले चुनौती दिने भएका छन्।

काठमाण्डू महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले उक्त चलचित्रको एउटा विवादास्पद संवाद नहटाए काठमाण्डूका सिनेमाघरहरूमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न रोक लगाउने घोषणा गरेका थिए।

तेस्तै पोखरा महानगरले पनि जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म महानगरपालिका क्षेत्र भित्रका सिनेमाघरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारणमा रोक लगाइएको चलचित्र घरहरूलाई जानकारी गराएको बताइएको छ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले पनि आफ्नो क्षेत्रमा आदिपुरुष चलचित्रको प्रदर्शनमा रोक लगाइएको बताएका छन्।

‘हाम्रो देशको राष्ट्रियता, अखण्डता, स्वाभिमान, सार्वभौमसत्तामा आँच आउने कुनै पनि सोचविचार, अभिव्यक्ति र व्यवहार हामीलाई सह्य छैन। त्यसकारण यो हिन्दी चलचित्र आदिपुरुषमा सीता भारतमा जन्मेको भन्ने खालको अभिव्यक्ति … त्यो डायलग छ अरे भन्ने सुनेको छु। त्यो आपत्तिजनक विषय हो। त्यसो भएको कारण त्यो सम्बन्धित चलचित्र धरानको सिनेमाघरहरूमा पनि प्रदर्शनको लागि हामीले रोक लगाएका छौँ,’’ सोमवार फेसबुकमा भिडिओ पोस्ट गर्दै उनले भने।

भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने ‘आपत्तिजनक सन्देश’ चलचित्रको मूल भागबाटै हटाउन महानगरका मेयरले आह्वान गरेका थिए। सच्याउन तीन दिनको म्याद दिइएको थियो।

काठमाण्डू महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाण्डू महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि (सोमवार) देखि निषेध गरिएको छ,’’ आइतवार सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा शाहले गरेको पोस्टमा उल्लेख छ।

उक्त संवाद काटेर बिहीवार ल्याएपछि नेपालमा चलचित्र प्रदर्शनको अनुमति दिइएको उनले बीबीसीलाई जानकारी दिए।

तर त्यसपछि पनि चलचित्र प्रदर्शनमा रोक लगाइनु र सबै हिन्दी चलचित्र प्रदर्शन गर्न नदिइनुलाई सिनेमाघर सञ्चालकहरूले आलोचना गर्दै कसैले पनि छिनोफानो नगरिदिए हामी अदालतमै गएर यो कुरा टुङ्गो लगाउँछौँ  भनेका छन ।

 

 

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *