Home  
Janahit Voice

आज देशका ६ वटा प्रदेशमा वर्षाको सम्भावना

५ असार २०८०, मंगलवार

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाको भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानहरूमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भूभागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मंगलबार राति कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरूमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र देशको बाँकी भूभागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेस प्रदेशको थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

मंगलबार राति कोशी , मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी , मधेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *