Home  
Janahit Voice

अमेरिकाको टेक्ससमा सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु, चार घाइते

५ असार २०८०, मंगलवार

शनिवार टेक्ससस्थित टाइलरमा  भएको सडक दुर्घटनामा परी दुई जना नेपालीको मृत्यु भएको छ भने चार जना नेपाली घाइते भएका छन्। पिकअपमा सवार उनिहरुलाइ  ट्रकले ठक्कर दिएको थियो।

उक्त दुर्घटनामा परी ३४ वर्षीय सिर्जन ज्ञवाली र ११ वर्षीय बालक इमेज कार्कीको मृत्यु भएको छ भने दिनेश कार्की , गङ्गा कार्की , इभान कार्की र सृजन प्याकुरेल घाइते भएका छन। प्याकुरेलको अवस्था सामान्य रहे पनि अन्य तीन जनाको अवस्था भने गम्भीर रहेको जनाएको छ ।

प्रहरीका अनुसार उहाँहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतक इमेज टेक्ससमा व्यवसाय गर्दै आएका दिनेश र गङ्गाका छोरा हुन् भने मृतक इवालीले कार्की परिवारको स्टोरमा काम गर्दै आएका थिए ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *