Home  
Janahit Voice

सिन्धुली कारागारलाई मन्त्री श्रेष्ठले हस्तान्तरण गरे राइस स्टिमर मेशिन

५ असार २०८०, मंगलवार

काठमाडौं –जिल्ला कारागार सिन्धुलीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गा नारायण श्रेष्ठले राइस स्टीमर मेसिन हस्तान्तरण गरेका छन् । उनले ४ थान राइस स्टीमर मेसिन हस्तान्तरण गरेको छन।

सिन्धुली कारागारमा १ हजार भन्दा बढी कैदीबन्दी रहेकोले दाउरामा खाना बनाउनको लागि असहज भइरहेको गुनासोको सम्बोधन गर्दै मन्त्री श्रेष्ठले राइस स्टीमर मेसिनको व्यवस्था गरिदिएका हुन् । उनका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा नेपालमा नै कारागारलाई पहिलो पटक सो मेसिन प्रदान गरिएको हो ।

मन्त्री श्रेष्ठले केहि समय अगाडि जिल्ला कारागार सिन्धुलीको अनुगमनको गरेका थिए ।सो क्रममा १ हजार जना भन्दा धेरै कैदिबन्दीलाई खाना बनाएर खानको लागि समस्या भएको गुनासो गरे पछि राइस स्टीमर मेसिन प्रदान गरिएको बताएका छन।

कारागारमा दाउराबाट खाना बनाउन साह्रै गाह्रो देखेपछि ४ लाख ६५ हजार (ढुवानी समेत) को करिब १ हजार जनालाई खाना बनाउन मिल्ने ४ थान राइस स्टिमर कारागार प्रशासनलाई हस्तान्तरण गरिएको हो।उनका अनुसार बागमती प्रदेश सरकारले कारागारलाई साँच्चैको सुधार गृह बनाउन चाहेका छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *