Home  
Janahit Voice

गोकुल बास्कोटाको अर्थमन्त्रीलाई प्रश्न : यो आँखै खाने चस्मा तिमीलाई कसले किन्दियो ?

५ असार २०८०, मंगलवार

 

काभ्रेमा बजेट नपरेको भन्दै नेकपा एमालेका सांसद गोकुल बास्कोटाले कसैले लेखेर दिएको चिकर्टोको भरमा अर्थमन्त्रीले बजेट निर्माण गरेको आरोप लगाएका छन् ।

सांसद बास्कोटाले मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयगत विनियोजित बजेटमाथि बोल्दै हुँदै नभएको वडामा पनि बजेट छुट्याएको बताएका छन् ।

उनले पनौती नगरपालिकामा १२ वडा रहेको भन्दै १३ नम्बर वडा कहाँ पर्छ भन्दै प्रश्न गरे । उनले पनौती नगरपालिकामा १४ नम्बर र १५ नम्बर वडा कहाँ पर्छ भन्दै प्रश्न गरेका छन् ।

कसैले चुरोटको बट्टाको चिर्कटोमा लेखेर दिएअनुसार अर्थ मन्त्रा लयले बजेट राख्दा यस्तो भएको उनले बताए । ‘कसले दियो त्यो चिर्कटो ?’ अर्थमन्त्री डा. प्रकाशशरण महत र शहरी विकासमन्त्री सीता गुरुङलाई उनले भने, ‘प्रकाश सपुतलाई सम्झिएर सोध्नुपर्ने भयो, यो आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?

नगरकोट हिगुवा पाटी सडक कालोपत्रे गर्न ठिक्क परेको बेला अहिले १० लाख रुपैयाँ मात्र बजेट छुट्याएको भन्दै  असन्तुष्टि जनाउदै उनले भने, म चेतावनीको भाषामा विनम्रतापूर्वक भन्न चाहन्छु, मैले कालो झण्डा लिएर उभिनु नपरोस् ।’

उनले देशभरिमा पाँचौ लोकप्रिय भोट ल्याएर जितेको भन्दै आफूपनि लोकप्रिय र जनताप्रति उत्तरदायी रहेको बताए । उनले अर्थमन्त्रीले मज्जैसँग अन्याय गरेको टिप्पणी गरेका छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *