Home  
Janahit Voice

मन्त्रीको निधनमा सुदूरपश्चिम प्रदेशभर शोक बिदा

६ असार २०८०, बुधबार

काठमाडौं – सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ ।

मंगलबार सवारी दुर्घटनामा मृत्यु भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको शोकमा आज सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशभर शोक बिदा दिने निर्णय गरेको हो।

आकस्मिक रूपमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना हुँदा त्यसमा सवार मन्त्री सिंहसहित तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *