Home  
Janahit Voice

बागलुङमा जीप दुर्घटना, २ को मृत्यु

६ असार २०८०, बुधबार

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान ८ बजे गलकोटबाट मार्केटिङको सामान बोकेर जाँदै गरेको ग १ च ९४८५ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका- ५ ठूलढुंगामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।

दुर्घटनाग्रस्त जीप सडकबाट पाँच सय मिटर तल खसेको र भीर भएका कारण मृतकको उद्दारमा समस्या रहेको प्रहरीले बताएको छ।

मृत्यु हुनेहरूमा कुश्मा नगरपालिका-१ बागलुङ २९ वर्षीय राजेन्द्र माझी र जैमिनी नगरपालिका-१० राङखानी घर भइ बागलुङ नगरपालिका-२ श्रीनगर बस्ने दुर्गा पौडेल छन्।

दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो,दुर्घटना के कारणले भएको हो भन्ने बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *