Home  
Janahit Voice

बालेनको कार्यशैलीमा आफ्नो विचार मेल नखाएको भन्दै शिक्षा सल्लाहकारबाट रेशुको राजीनामा

६ असार २०८०, बुधबार

काठमाडौं – महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महानगरको शिक्षा सल्लाहकारबाट रेशु अर्यालले राजीनामा दिएकी छिन् ।

उनले पछिल्ला घटनाक्रममा महानगरका मेयर साहले लिएका निर्णय आफ्नो मूल्यमान्यता विपरीत भएका र ती निर्णय आफ्नो घर परिवारसँग पनि जोडिएकाले स्वार्थको द्वन्द्व उत्पन्न हुने भन्दै राजीनामा दिएको बताएकी छिन् ।

बालेनका क्रियाकलाप समाजप्रतिको आफ्नो मूल्यमान्यता विपरीत भएको हुँदा चित्त नबुझेको उनले बताइन्।
भारतीय चलचित्र आदिपुरूषमा व्यक्त भएका स‌ंवादलाई कारण देखाउँदै साहले काठमाडौं महानगर भित्रका हलमा भारतीय चलचित्र नचलाउन निर्देशन दिएका छन् ।

अर्यालको परिवारका सदस्य फिल्म हलको व्यवसायमा पनि स‌ंलग्न छन् । जसका कारण उनले स्वार्थको द्वन्द्व उत्पन्न भएको भनेकी हुन् ।

अर्याललाई गत वर्ष भदौमा महानगर कार्यपालिका बैठकले शिक्षा सल्लाहकार नियुक्त गरेको थियो।

अर्याल सामाजिक अभियन्ता पनि हुन। उनले सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनबाट स्नातक, कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी र टिच फर नेपालकी संस्थापक बोर्ड सदस्य पनि हुन्।

उनले पाँच वर्ष अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेकी थिइन्। उनी अहिले नेतृत्व परिषदको सदस्य छिन्।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *