Home  
७ असार २०८०, बिहीबार
आज एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै
आज सत्ता साझेदार दल नेपाल एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ।
‘बैठक दिउँसो २ बजे बोलाइएको बताइएको छ। बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा आर्थिक वर्ष २०८०/८१ को बजेट लगायतका विषयमाथि छलफल हुने छ ।
बजेट असन्तुलित भएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको गृहजिल्लामा मात्र बजेट विकास बजेट केन्द्रित गरेर अन्यत्र उपेक्षा गरिएको एकीकृत समाजवादीका नेताहरुको आरोप छ ।
उनीहरुले यथास्थितिमा बजेट पास गर्न नदिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।