Home  
Janahit Voice

नेपाल आयल निगमले घटायो हवाई भाडा

७ असार २०८०, बिहीबार

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आज हवाई यात्राको भाडा घटाएको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको हो।

जानकारीमा आएअनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० ले घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमराको भाडा ९० ले घटेको छ ।

यसैगरी काठमाडौँ–भद्रपुरको तीन सय, काठमाडौं–विराटनगरको दुई सय ४०, काठमाडौं–धनगढीको चार सय ४५, काठमाडौं–नेपालगञ्जको तीन सय २५, काठमाडौं–भैरहवाको दुई सय १० र काठमाडौं–सुर्खेतको भाडा तीन सय ४५ ले घटेको छ ।

मङ्गलबार नेपाल आयल निगमले हवाई इन्धनको भाउ प्रतिलिटर १० ले कम गरेको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *