Home  
Janahit Voice

विद्युत वितरण प्रणाली वेला वेला अवरुद्ध

७ असार २०८०, बिहीबार

चावाहीलको प्राधिकरणको विद्युत प्रणाली वेला वेला गएर वत्ति अबरोध भएकाले कार्यलय कर्मचारीलाइ काम गर्न कठिन भएको छ। विद्युत प्राधिकरणको लापरबाही हो या विद्युत प्राधिकरणमा कार्यरत कर्मचारीको लापरबाही हो, यात उच्च निकायले ध्यान नदिएर हो । यो समस्या सर्बसाधरणले कहिले सम्म झेल्नु पर्ने हो ? जब कार्यलयमा काम गर्न सुरु हुन्छ वत्ति झ्याप झ्याप्प गएर दिक्दार बनाएको छ।

हाल म गोकणॆश्वोरको पहेलो पुलमा कार्यरत छु यो यरियामा मात्र हो कि सवैतिर यस्तै समस्या छ भनेर यता उता बुज्दा यो समस्या सवैतिर रहेको पाइयो। मर्मत सुधारको लागि वत्तिको लाइन काटिएको भए विद्युत प्राधिकरणले सुचना दिओस दिनको यति घण्टा ,यति मिनेट वत्ति जान्छ भनेर । विधुत प्राधिकरणलाइ अनुरोध छ यो विषयमा राम्रोसँग ध्यान जाओस।

हरेक दिन दिनको ४ देखि ५ पटक पटक_पटक गरेर वत्ति गएर हैरान भएको छ। वत्ति गएको कारण समयमा काम सम्मपन्न हुन सकेको छैन । काल कारखाना चलाउने उधोगधन्दा हरुलाइ झनै ठुलो समस्या परेको छ।

बिना पुर्ब सूचना बिद्युत अवरुद्ध हुँदा कल कारखानाका मेसिन, सिस्टमहरु बिग्रन गई सर्बसाधारणलाइ अनावश्यक आर्थिक भार थपिन पुगेको छ। आजभोलि अतिनै गर्मि भएको कारण पङखा नचलाइ कार्यलयमा बस्न पनि अतिनै कठिन परेको छ। यस्तो समस्या अझै लम्बिदै जाने हो भने सर्बसाधरणदेखि कार्यलय कर्मचारी हरुलाइ निकै ठुलो समस्या पर्नेछ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *