Home  
७ असार २०८०, बिहीबार
ड्रागन बोट रेस फेस्टिभल’ पूर्वाभ्यास फेवातालमा गरिँदै
नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यका साथ पोखरामा नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’ पूर्वाभ्यास गरिएको छ ।
चीन सरकारको पहलमा ‘ड्रागन बोट रेस फेस्टिभल’पोखराको फेवातालमा यही शुक्रबारदेखि सुरु हुन लागेको छ ।
यसमा नेपालस्थित चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र क्षेत्रीय होटल संघ पोखराले सघाएका छन् ।
दक्षिण एसियामै पहिलो पटक आयोजना गरिएको बोट रेसमा चीनको चार र नेपाली चार गरी आठ टोलीले प्रतिस्पर्धा गर्ने छन् । यसअन्तर्गत २०० र ५०० मिटर दौडमा प्रतिस्पर्धा हुनेछ ।