Home  
Janahit Voice

आजबाट महोत्तरीमा दिन थालियो जन्मसिद्धका सन्तानलाई नागरिकता, धनुषामा आइतबारदेखि

८ असार २०८०, शुक्रबार

महोत्तरीमा आजैबाट जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण सुरु गरे सगै नागरिकता पीडित संघर्ष समितिको आन्दोलन १८औं दिनमा टुंगिएको छ। सर्वोच्च अदालतले आन्दोलनकारीहरूको पक्षमा फैसला सुनाएपछि उनीहरूको आन्दोलन टुंगिएको हो।

सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार निरन्तरता नदिने आदेश दिएपछि शुक्रबारदेखि नागरिकता वितरण सुरु गरिएको महोत्तरीले जनाएको छ।

महोत्तरीका अनुसार नागकिरता वितरणका लागि वडा कार्यालयलाई सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालयले सबै पालिकालाई पत्राचार गरिसकेको छ।

धनुषा जिल्लामा भने आइतवारबाट जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गरिने भएको छ।

आज पालिकाहरुलाई पत्राचार गर्ने र जनप्रतिनिधि तथा वडा सचिवहरुसँग छलफलपछि आइतवारबाट नागरिकता वितरण सुरु गरिने बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *