Home  
Janahit Voice

आज सुन चाँदीको भाउ घट्यो , कतिमा भइरहेको छ कारोबार ?

८ असार २०८०, शुक्रबार

काठमाडौं- सुनचाँदीको भाउ आज शुक्रवार घटेको छ । आज छापावाल  सुन तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ८ सय रुपैयाँमा झरेको छ भने अघिल्लो दिन बिहीबार १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै शुक्रबार तेजाबी सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *