Home  
Janahit Voice

पोखरामा ड्रागन ‘बोट’ रेस महोत्सव सुरु

८ असार २०८०, शुक्रबार

नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यका साथ पोखरामा नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’ महोत्सव सुरु भएको छ ।

नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सवलाइ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरेका छन।

यो महोत्सवले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै यो दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको मन्त्री किराँतीले बताएका छन।

दक्षिण एसियामै पहिलोपटक आयोजना गरिएको बोट रेसमा चीनका चार र नेपालका चार गरी आठ टोलीले सहभागीता जनाउँदै छन् ।

यसअन्तर्गत २०० र ५०० मिटर दौडमा प्रतिस्पर्धा हुनेछ । विजेताले रु २० लाख नगद, मेडल तथा प्रमाणपत्र पाउने छन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *