Home  
Janahit Voice

झापामा सर्पले डसेर एक युवकको मृत्यु

११ असार २०८०, सोमबार

झापा – विषालु सर्पको डसाइबाट झापाको हल्दिबारीमा एक युवकको मृत्यु भएको छ।

हल्दिवारी गाउँपालिका- २ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाकाले प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार मध्यरातमा घरको ढोकामा विषालु सर्प देखेपछि राजवंशीले सर्पलाई समातेर घाँटीमा बेर्न खोजेका थिए। सोही क्रममा सर्पले उनको दुवै हातमा डसेका थिए। सर्पले डसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि चाराआली लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार अत्यधिक मदिरा सेवन गरेका कारण उनले सर्प समातेर घाटीमा बेर्न खोज्दा घटना घटेको हो ।

उनको शवलाइ पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा  पठाइएको प्रहरीले जनाएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *