Home  
Janahit Voice

बालेन्द्रले हर्कलाई भने- तपाईंको सुखमा सबै होलान्, दुःखमा म छु

११ असार २०८०, सोमबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले धरान उपमहानगर पालिका मेयर हर्क साम्पाङलाई आफू दुःखमा साथ दिन तयार रहेको बताएका छन्।

हर्क साम्पाङले आइतबार साँझ  लेखेको एक फेसबुक स्टाटसमा प्रतिक्रिया दिँदै शाहले सुखमा साथ दिने अरु भएपनि दुःखमा आफ्नो साथ रहने बताएका हुन्।

साम्पाङले आफूले पसिनाको भेल बगाएर पानी ल्याएपनि धरानका दलहरूले मिलेर आफू विरुद्ध मुद्दा लगाएको गुनासा फेसबुक स्टाटसमार्फत पोखेका थिए।

उनले फेसबुकमा भनेका छन्, ‘पसिनाको भेल बगाए अनेक दुःख गरेर कोकाहाको पानी ल्याएँ। दुनियाँले बधाई दिए तर धरानका दलहरू मिलेर मलाई मुद्दा लगाए। यो कुरा जनताले आफ्नो करङमा लेखेर राख्नु।’

उनको स्टाटसमा जवाफ दिँदै मेयर शाहले कमेन्टमार्फत भनेका छन्, ‘केही फरक पर्दैन। कसैले केही भनेर, सोचेर केही फरक पर्दैन। तपाईं अगाडी पुगिसक्नु भो कि। पछाडि जसले जे बोले पनि फरक पर्दैन। सुखमा सबै साथमा भएपनि दुःखमा हामी छौँ। म छु। सबै हुनेछौँ।’

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *