Home  
Janahit Voice

अख्तियारले जोख्यो पशुपतिनाथको जलहरीमा राखिएको सुन

११ असार २०८०, सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा दुई वर्षअघि राखिएको जलहरी निकालेर तौल लिन सुरु गरेको छ । आइतबार अपरान्ह पुगेको आयोगको टोलीले पशुपतिनाथको गर्भगृहबाट जलहरी निकालेर मन्दिर परिसरमा तौल गरेको हो ।

पशुपतिनाथको जलहरीमा राखिएको सुन झन्डै एक सय साढे सात केजी भएको पाइएको छ ।

पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुनचाँदी व्यवसायी महासंघ, नेपाल प्रहरी, पशुपतिनाथका पुजारीलगायतको रोहवरमा  आइतबार दिउँसो २ बजे गरिएको नापतौलमा १०.४३२५ केजी सुन जलहरीसहित रिङ र बेल्टमा प्रयोग भएको र किला काँटीमा १.०३७५ केजी सुन प्रयोग भएको पुष्टि भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

जलहरीमा प्रयोग भएको सुनमध्ये १०७.९५३ केजी २४ क्यारेट सुन हो । त्यसमा तामापितल थप गरी २२ क्यारेटको १०८ केजी जलहरीमा प्रयोग भएको थियो ।

तर, जर्ती तथा दिनहुँ दही तथा जलले नुहाइदिँदा झन्डै आधा केजी सुन तलमाथि भएको भेटिएको कोषले जनाएको छ । तर, यसमा हिनामिना नभएको सुनचाँदी व्यवसायी महासंघले पुष्टि गरेको कोषको भनाइ

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *