Home  
Janahit Voice

भोटेबहालमा इनारमा डुबेर दुईजना युवाको मृत्यु

११ असार २०८०, सोमबार

काठमाडौँ – काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ । झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले  जनाएको छ।

पानी चाहिएकाले इनारमा मोटर जोड्नका लागि जाँदा मोटर इनारभित्र खसेको र मोटर लिन गएका दुवै जना इनारभित्रै बेहोस भएको र मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिपेन सुरुमा इनारमा पसेका थिए। दिपेनलाई बचाउन त्यसपछि जितेश इनारमा गएका थिए ।उनीहरूको निसासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले  जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *