Home  
Janahit Voice

रोमानियामा गायक प्रकाश सपूतमाथि स्टेजमै बोतल प्रहार

११ असार २०८०, सोमबार

रोमानियाको एक सांगीतिक कार्यक्रममा लोकप्रिय गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार भएको छ ।

रोमानियास्थित नेपाली नरेश गिरीले आयोजना गरेका कार्यक्रममा सपूतले स्टेजमा ‘बोल माया’ नामको गीत गाउँदै गर्दा एक अपरिचित युवकले बियरको बोतलले निधारमा प्रहार गरेका हुन् ।

 

‘बोल माया’ गीत गाइरहँदा दर्शकीय दीर्घाबाट प्रहार गरिएको बोतल सिधै सपुतको निधारमा लागेको थियो । उनको निधारमा सामान्य चोट लागेको छ । मादक पदार्थ सेवन गरेका व्यक्तिले बोतल प्रहार गरेका बताइएको छ।

उक्त घटनापछि कार्यक्रम एक घन्टा बिथोलिएको बताइन्छ । त्यसपछि सपुतले आफ्नो प्रस्तुतीलाई निरन्तरता दिएका थिए ।

नेपाली म्युजिक फेस्टिभल भाग-२ नामकरण गरिएको यो कन्सर्टमा प्रीति आले र प्रकाश सपुत सहभागी भएका हुन् । आयोजकले घटनामा बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका थिए ।

बोतल प्रहारको घटनालाई लिएर संगीतकर्मीले विरोध गरिरहेका छन् । सोमबार बिहानैदेखि यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *