Home  
Janahit Voice

सिराहामा सुरक्षा गार्डको हत्या

११ असार २०८०, सोमबार

सिराहामा  धारिलो हतियार प्रहार गरि  खानेपानी संस्थामा काम गर्ने सुरक्षा गार्डको हत्या भएको छ।

सोमबार बिहान ७ बजे मिर्चैया नगरपालिका-७ स्थित मिर्चैया साना सहरी खानेपानी संस्थामा एक पुरूषको शव फेला परेको हो।

वडा नम्बर ८ घर भई सोही संस्थामा सुरक्षागार्डको काम गर्ने ६० वर्षीय किशोरी राय कुर्मीको शव फेला परेको हो।

संस्थाको कम्पाउन्डभित्र उनको शव फेला परेको हो। शरीर भरि बिभिन्न ठाउँमा काटीएको अबस्थामा उनको शव  फेला परेको हो। हतियार भने फेला नपरेको प्रहरीले बताएको छ।

उनी त्यस संस्थामा विगत ६ महिनादेखि कार्यरत थिए। बिहान संस्थामा पुगेका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेको थियो।

घटनास्थलबाट मुचुल्काको काम सकेर पोष्टमर्टमको लागि शव मिर्चैया अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *