Home  
Janahit Voice

आज पनि प्रतिनिधिसभा बैठकमा बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

१२ असार २०८०, मंगलवार

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यसूची छ।

मंगलबार (आज) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको जवाफ मन्त्रीहरूले दिने कार्यसूची छ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको शीर्षकमाथि उठेका प्रश्नको जवाफ पनि मन्त्रीहरूले दिनेछन्।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *