Home  
१२ असार २०८०, मंगलवार
काठमाडौँ सहर विश्वको पहिलो प्रदूषित सहरमा पर्नु चिन्ताको विषय : केपी शर्मा ओली
काठमाडौँ सहर विश्वको पहिलो प्रदूषित सहरमा पर्नु चिन्ताको विषय भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
उनले ५० लाख भन्दा बढी मानिस बस्ने काठमाडौँ सहर स्वास्थ्यको दृष्टिकोणबाट चिन्ताको विषय भए पनि यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत लेखेका छन,‘हिजो ट्विटर स्क्रोल गर्दै जाँदा’वर्ल्ड अफ स्ट्याटस’ भन्ने ट्विटर ह्यान्डलबाट आएको एउटा ट्विटमा आँखा अडिए । त्यसमा विश्वका प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा हाम्रो काठमाडौँको नाम थियो । ५० लाख भन्दा बढी मानिस बस्ने यस सहरका लागि स्वास्थ्यको दृष्टिकोणबाट यो चिन्ताको विषय हो तर यस विषयमा चिन्ता भन्दा बढी चिन्तन गर्नु आवश्यक छ’