Home  
Janahit Voice

आज प्रतिनिधि सभामा बजेट पारितको प्रस्ताव पेस हुने

१३ असार २०८०, बुधबार

काठमाडौँ – प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बिहान ११ बजे सङ्घीय संसद् भवनमा बस्ने बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ।

बजेट पारितको प्रस्ताव पेस हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल विनियोजन विधेयक २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवम् उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।

प्रधानमन्त्रीको जवाफपछि सभामुखले  खर्चकटौतीका प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले बजेट पारितको प्रस्ताव पेस गर्ने कार्यसूची छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *