Home  
Janahit Voice

जलेश्वर सडकखण्डको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

१३ असार २०८०, बुधबार

जनकपुर-जलेश्वर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ९ का ३० वर्षीय  दीपेश ढुङ्गेल रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ढुंगेलले चलाउँदै गरेको ज ८ प ६५३३ नम्बरको मोटर साइकल    जलेश्वर नगरपालिका ९ स्थित आगेपुरनजिक विगही पुलबाट करिब २० मिटर तल पानीमा खसेर दुर्घटना भएको हो ।

जलेश्वरबाट आउँदै गर्दा मोटरसाइकल दुर्घटना भएको र बिहान साढे ६ बजे मात्र स्थानीयबासिन्दाले मोटरसाइकल र शव देखेपछि जानकारी भएको प्रहरीले जनाएको छ।

घट्नाको प्रकृति हेर्दा मोटरसाइकल पुलको पश्चिमी भागमा ठोकिएर तल खसेको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *