Home  
१३ असार २०८०, बुधबार
नवलपरासीमा २५ वर्षीय छोराले गरे ५० वर्षीय आमाको हत्या
बुटवल – पश्चिम नवलपरासीमा छोराले आमाको हत्या गरेका छन् । नवलपरासीको सुनवल नगरपालिका–१३ मा ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेको प्रहरीले जनाएको छ ।
छोरा शिवकुमारले पारिवारिक विवादको क्रममा आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले बताएको छ ।
धारिलो हतियारले घाँटीमा लागेपछि मुसहरको घटनास्थलमा नै मृत्यु भएको थियो । हत्यापछि कुमार भागेर रुपन्देही आएर लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।