Home  
१३ असार २०८०, बुधबार
बिहीबार सार्वजनिक बिदा : नेपाल सरकार
काठमाडौँ – नेपाल सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माका अनुसार नेपाल राजपत्रमा मिति २०७९/१२/२ गते प्रकाशित सूचनाअनुसार असार १४ गते का दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।