Home  
Janahit Voice

शिक्षक, विद्यार्थी र प्राध्यापक कांग्रेस सदस्य हुन नपाउने : गगन थापा

१३ असार २०८०, बुधबार

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलीयकरणले शिक्षा क्षेत्र तहसनहस भएको भन्दै प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य हुन नपाउने व्यवस्था गर्न पार्टीभित्र बहसको प्रस्ताव गरेका छन्।

‘विद्यालय व्यवस्थापन समिति अध्यक्ष, क्याम्पस प्रमुख, उपकुलपतिलगायत कांग्रेस नै बनाउनुपर्ने?,’ कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को प्रथम क्षेत्रीय सम्मेलनमा थापाले भने, ‘एमालेले विभिन्न नाममा संगठन बनायो भनेर प्रतिस्पर्धामा हामीले पनि कांग्रेस बनाउनु पर्छ भन्ने होडमा शिक्षा क्षेत्र तहसनहस भयो, मानिसहरू त्यो कारणले गर्दा रिसाएका छन्।’थापाले भने ।

त्रिभुवन विश्वविद्यालयलगायत कुनै पनि विश्वविद्यालयका प्राध्यापक अब कांग्रेसको ‍औपचारिक सदस्य बन्न नपाउने गरी छलफल अघि बढाउनुपर्ने उनले बताए।

विभिन्न पेशामा लागेका व्यक्तिहरू राजनीतिमा आउन चाहे उक्त पेशा छाडेर आउन सक्ने बाटो खुला नै रहेको उनले बताए।

नेविसंघले प्राध्यापक वा शिक्षक कुटेका र कालोमोसो दलेका खबर आउने गरेको भन्दै थापाले यस्ता विषयले आफूलाई चिन्तित बनाउने गरेको बताए।

२१ औँ शताब्दीको कांग्रेसको नेता हुन्छु भन्नेले आफ्नो कुरा स्थापित गर्न तालाबन्दी र तोडफोड नगरी सत्याग्रह बस्न तयार हुनुपर्ने थापाले बताए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *