Home  
Janahit Voice

ललिता निवास प्रकरणका आरोपित-सलाइन पानी बोकेर सरकारी वकिलको कार्यालयमा

१३ असार २०८०, बुधबार

काठमाडौँ- ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका प्रतिवादीहरू व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई  म्याद थप गर्नका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।

सीआईबीले सरकारी लिखित किर्ते गरेर बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा मंगलबार सात जनलाई पक्राउ गरेको थियो जसमध्ये तीन जनलाई कागज गराएर रिहा गरेको छ ।

अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको छ । पक्राउ पर्ने अन्यमा पूर्व आयुक्त सुधीर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन् ।

बुधबार सरकारी कार्यालयमा चार जनालाई म्याद थपका लागि उपस्थित गराइएको हो । उनीहरू सरकारी वकिल कार्यालयमा जाँदा हातमा  सलाइन पानी बोकेरै पुगेका थिए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *