Home  
Janahit Voice

तुफान आइसकेको छैन, छिट्टै आउन चाहिं सक्छ : प्रधानमन्त्री प्रचण्ड

१३ असार २०८०, बुधबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विकासको तुफान आइसक्यो भनेर दाबी नगरेको बताएका छन् । तर जसरी काम सुरु भएको छ, त्यसरी नै अगाडि जाने हो भने चाँडै तुफान आउनसक्ने दाबी गरे ।

बुधबार प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले   प्रधानमन्त्रीले विकासको तुफान नै आएजसरी आफ्नो कामको विवरण प्रस्तुत गरेको बताएपछि सो को जवाफमा प्रचण्डले भने–‘मैले विकासको तुफान आइसकेको भनेको छैन, सबैले दृढ इच्छा शक्तिका साथ सुशासन र विकासका निम्ति काम गर्ने हो भने असम्भव छैन भन्न मात्र खोजेको हो ।

मैले निराशा र कुण्ठा हैन, अविश्वास र आशंका हैन, विश्वास र दृढताको निम्ति अपिल गरेको हो । तुफान आइसकेको छैन, तर मलाई के लाग्छ भने अहिले जसरी काम सुरु भएको छ, त्रिदेशीय साझेदारी १० हजार मेगावाट १० बर्षमा । या अरु थुप्रै कामरु जसरी सुरु भएका छन्, ती अगाडि जाने हो भने तुफान आउनचाँही सक्छ छिट्टै ।’

सांसद रघुजी पन्तको प्रश्नमा प्रधानमन्त्री कार्यालय, सचिवालय लगायतको कामबाट सन्तुष्ट नभएको र केही गर्न चाहेको पनि उनले बताए ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *