Home  
Janahit Voice

साउदीमा अमेरिकी वाणिज्य दूतावास अगाडि गोली चल्दा नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु

१४ असार २०८०, बिहीबार

एक अज्ञात व्यक्तिले अमेरिकी वाणिज्य दूतावास अगाडि गाेली  चलाउदा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सले अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै एक जना सुरक्षा गार्ड र अर्काे बन्दुकधारीकाे मृत्यु भएकाे बताएकाे छ । यस घटनामा कुनै पनि अमेरिकी नागरिकलाई भने क्षति नपुगेको समाचारमा उल्लेख छ ।

साउदी प्रेस एजेन्सीका अनुसार गोली लागेर अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षा गार्ड घाइते भएका थिए । उनकाे उपचारका क्रममा मृत्यु भएको हाे ।

एक अज्ञात व्यक्तिले अमेरिकी वाणिज्य दूतावास अगाडि कार रोकेर फायरिङ गरेका थिए । सुरक्षाकर्मी र बन्दुकधारीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको हाे ।

अहिले अमेरिकी विदेश मन्त्रालयले वाणिज्य दूतावास र साउदी अरेबिया प्रशासनसँगको सहकार्यमा घटनाकाे अनुसन्धान गरिरहेको बीबीसीले जनाएकाे छ । मृतकहरूकाे नाम ठेगाना भने खुलेकाे छैन ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *