Home  
Janahit Voice

पहिरोले हिजोदेखि अवरूद्ध नारायणघाट-मुग्लिन सडक अझै खुल्न सकेन

१५ असार २०८०, शुक्रबार

नारायणगढ–मुग्लिन सडक पहिरो खसेपछि अवरुद्ध भएको छ। बिहीबार दिउँसो १.३० बजे वाट सडक अवरुद्ध उक्त सडक अझै खुल्न सकेको छैन। आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन।

चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द भएको हो। त्यसपछि सुक्खा पहिरो खस्ने क्रम जारी छ।

पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।  पहिरो झरेर पहाड बनेको र पन्छाउन ६/७ घन्टा लाग्ने प्रहरीले बताएको छ।

दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन पहिरो झर्ने क्रम नरोकिएपछि बिहीबार राति पन्छाउने काम हुनसकेको थिएन। अवरुद्ध पहिरो खुला गर्ने कार्य  आज बिहानबाट सुरु गरिएता पनि खुलाउन समय लाग्ने बताइएको छ।

सडकमा गाडीको लामो लाइन लागेको छ। सयौँ यात्रु समस्यामा छन्। देशकै प्रमुख राजमार्ग मध्येको एक हो नारायणगढ मुग्लिङ सडक । राजधानी काठमाडाैलाइ आवश्यक पर्ने खाद्यान्न तथा लत्ता कपडा र अन्य अत्यावश्यक सामानहरू पनि यही सडकबाट काठमाडौँ लग्ने गरिन्छ ।

राजधानीलाई तराइका जिल्लाहरू सँग जोड्ने यो मुख्य  सडक एकै छिन अवरुद्ध हुँदा यहाँ गुड्ने हजारौँ सवारी साधन र लाखौँ यात्रु अलपत्र पर्ने गर्दछन् ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *