Home  
Janahit Voice

आज पोखरामा मुख्यमन्त्री भेला, कोशी प्रदेशका मुख्यमन्त्री सहभागी नहुने

१५ असार २०८०, शुक्रबार

काठमाण्डौं-पोखरामा आज संघीयता कार्यान्वयनका विषयमा छलफल गर्न  मुख्यमन्त्रीहरुको भेला हुँदैछ। भेलाका लागि कोशीबाहेक ६ वटा प्रदेशका मुख्यमन्त्री पोखरा आइसकेको मुख्यमन्त्री तथा मन्त्रि परिषदको कार्यालयले जनाएको छ।

दोस्रो पटक हुन लागेको मुख्यमन्त्री भेलामा उपस्थित ६ वटै प्रदेशका मुख्यमन्त्रीले संघीयता कार्यान्वयनका विषयमा आ–आफ्ना अनुभव बाँड्नेछन्। सरकारले संविधान अनुसार प्रदेशलाई अधिकार नदिँदा काम गर्न नपाएको मुख्यमन्त्रीहरुले गुनासो गर्दै आएका छन्।

सातै प्रदेशका मुख्यमन्त्रीको भेलामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नजाने भएका छन् ।प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम रहेको कारण उनी पोखरामा आयोजना हुने उक्त भेलामा नजाने भएका हुन् ।

भेलाको उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने कार्यक्रम छ। मुख्यमन्त्री हरूबीच छलफल एवं अन्तक्र्रिया हुने बताइएको छ। भेलामा अन्तर प्रदेशबीचको अनुभव आदानप्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकार लगायत विषयमा छलफल हुने बताइएको छ।

मुख्यमन्त्रीको भेला दोस्रोपटक हुन लागेको हो। यसअघि २०७५ भदौ २१ र २२ गते गण्डकीकै तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा पहिलोपटक मुख्यमन्त्रीहरूको भेला भएको थियो। भेलाले आठबुँदे घोषणापत्र पनि जारी गरेको थियो।

यसअघि मुख्यमन्त्रीको भेला गत जेठ १० गते गर्ने तय भए पनि प्रधानमन्त्री प्रचण्डको व्यस्तताका कारण स्थगित गरिएको थियो।पोखरामा शुक्रबार हुन लागेको भेला पश्चात शनिबार अन्तर प्रदेश समन्वय परिषदको बैठकसमेत  बस्ने बताइएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *