Home  
Janahit Voice

हेटौंडामा बस दुर्घटना हुँदा ४८ जना घाइते

१५ असार २०८०, शुक्रबार

हेटौंडा – पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका ११ मा यात्रु बस दुर्घटना हुँदा ४८ जना घाइते भएका छन्।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ४८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

शुक्रवार मध्याह्न १२:४० बजे नारायणगढबाट जनकपुर जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस आफैँ अनियन्त्रित भई बाटोबाट करिब सय मिटर तल खसेको थियो। घाइतेहरुको हेटौंडा अस्पातल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

चुरेहिलमा २० जनाको उपचार भइरहेको छ भने हेटौँडा अस्पतालमा २७ जनाको उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइतेमध्ये एक जनाको अवस्था भने गम्भीर रहेको छ। दुर्घटनाबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *