Home  
Janahit Voice

आज प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयकबारे छलफल हुँदै

१७ असार २०८०, आईतवार

काठमाडौँ – आज संघीय संसदको प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयकमाथि छलफल हुँदै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आजै उनले राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि प्राप्त संशाेधन हरुलाई निणयार्थ प्रस्तुत गर्नेछन् भने सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुने सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *