Home  
Janahit Voice

प्रचण्ड र सीके राउतबीच भेटवार्ता

१७ असार २०८०, आईतवार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष राउतबीच भेटवार्ता भएको थियो ।जानकारीमा आएअनुसार भेटमा जनमत पार्टीको सरकारमा सहभागिताको विषयमा छलफल भएको बताइएको छ।

‘प्रधानमन्त्रीले जनमत पार्टीलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेको र अध्यक्ष राउतले आफू सरकारले जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्छ भन्ने पक्षमा रहेको बताइएको छ।

प्रधानमन्त्री प्रचण्डसँगको छलफल सकारात्मक भएको भन्दै अध्यक्ष राउतले पार्टीका नेताहरुलाई ब्रिफिङ गरेको नेताहरुले पनि बताएका छन् ।पछिल्लो समय जनमतलाई सरकारमा समेट्न ढिला गरेकाले प्रचण्ड सँग सीके राउत रुष्ट रहँदै आएका थिए ।

प्रधानमन्त्री प्रचण्डले गत पुस ११ गते शपथ लिए लगत्तै जनमतले कृषि र उद्योग मन्त्रालय मागेको थियो । पहिलो चरणमा जनमतले खानेपानी मन्त्रालय पाएकाले अब्दुल खानलाई मात्रै पठायो ।

प्रचण्डले तत्काल खानेपानी मन्त्रालय लिए पनि पछि अर्को मन्त्रालय फेर्ने बचन दिएका थिए । अन्तिममा खानेपानी मन्त्रालयबाट सुरुवा नहुनुका साथै थप अर्को मन्त्रालय नपाएपछि खानले गत चैत १७ गते राजीनामा दिएका थिए । जनमत पार्टीका मन्त्री खानले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको थियो ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *