Home  
Janahit Voice

ग १ च ७२८१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

१७ असार २०८०, आईतवार

बेनी- शिनबार साँझ म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानीमा   ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रघुगंगा गाउँपालिका–२ भगवतिबाट सोही पालिकाको वडा नम्बर ३ मा निर्माणाधिन रघुगंगा जलविद्युत आयोजनाको सामान लिएर जाँदै गरेको ग १ च ७२८१ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

दुर्घटनामा परी ट्याक्टरका चालक रघुगंगा गाउँपालिका–३ मालिकाका २३ वर्षीय सुजन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

कालोपत्रे गर्ने चरणमा रहेको सडकमा ट्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीप्रहरीले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *