Home  
Janahit Voice

ललिता निवासको जग्‍गामा तारबार लगाउन महानगरको टोली बालुवाटारमा

१७ असार २०८०, आईतवार

काठमाडौं – बालुवाटारस्थित ललिता निवासको जग्गा काठमाडौं महानगरपालिकाले तारबार गर्ने भएको छ ।

आइतबार दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउन बालुवाटार पुगेको हो |

यो जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा सरकारी कागजात कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

ब्यूरोले यस प्रकरणको अनुसन्धान गरिरहेको बेलामा महानगरले सरकारी जग्गा संरक्षण गर्ने भन्दै घेराबार लगाउन लागेको बताइएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *