Home  
Janahit Voice

बच्चाको तौल नबढेर चिन्तित हुनुहुन्छ?दूधसँग खुवाउनुस् यी चिज

१७ असार २०८०, आईतवार

प्रायः अभिभावक बच्चाको तौल कम भएको भन्दै चिन्तित भइरहन्छन् । चिन्ता लिनुको सट्टा बच्चाको खानपानमा केही परिवर्तन गरेर तौल बढाउन सकिन्छ ।

दूध र केरा

बच्चालाई नास्तामा एक गिलास दूधसँग केरा खान दिनुहोस् । यसमा क्यालोरीको मात्रा भरपुर हुन्छ । यसले मेटबोलिक रेटलाई तेज गरेर तौल बढाउन सहयोग गर्छ ।

दूध र घ्यू

राम्रो फ्याट, प्रोटिन, भिटामिन, कार्ब्स तथा क्याल्सियमसँगै क्यालोरीको मात्रा पनि धेरै भएको घ्यु दूधसँग सेवन गर्दा पनि बच्चाहरूको तौल तीव्र गतिमा बढ्न थाल्छ । तर एक गिलास दूधमा मात्र एक सानो चम्चा मात्रै घ्यु राख्नुपर्दछ ।

दूध र कालो चना

लोकल कालो चनाको सेवन गर्दा पनि तौल बढ्छ । दूधसँगै कालो चनालाई नास्ताको रूपमा बच्चालाई दिन सकिन्छ । यसले बच्चालाई ऊर्जा पनि राम्रो मात्रामा दिन्छ ।

दूध र नट्स

विभिन्न नट्सहरू जस्तै बदाम, काजु, मुंगफली आदि पनि दूधसँग मिसाएर खाँदा अझै धेरै फाइदा हुन्छ । साथै, यसले तौल बढाउन एकदमै सहयोग गर्छ । तर, यसको सेवन धेरै गर्नुहुँदैन । सानो बच्चा छ भने थोरै मात्रामा तथा डाक्टरको सल्लाहअनुसार नै मात्रा तय गर्नुपर्दछ ।

 

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *