Home  
Janahit Voice

नेपालले पायो जितका लागि यूएईबाट एक सय ८२ रनको लक्ष्य

१८ असार २०८०, सोमबार

आइसिसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको प्लेअफ चरणको आज आइतबार भएको खेलमा यूएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ ।

आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भएको प्लेअफ सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले ४६.५ ओभरमा अलआउट हुनुअघि १८१ रनमात्र बनाउन सकेको हो ।

१० टोली सम्मिलित विश्वकप छनोटमा सुपर सिक्समा पुग्न असफल भएपछि मुख्य स्पर्धाबाट बाहिरिए पनि नेपालले सातौं स्थानको प्लेअफमा यूएईसँग खेलिरहेको हो ।

यो खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । पराजित टोलीले नवौँ स्थानका लागि अमेरिकासँग खेल्नेछ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *