Home  
Janahit Voice

शैक्षिक सत्र २०८०/८१ देखि छात्रवृत्तिको विद्यार्थी छनोटसम्बन्धी परीक्षा काठमाडौँ महानगरपालिका आफैँले सञ्चालन गर्ने

१८ असार २०८०, सोमबार

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका विद्यालयबाट पाउने छात्रवृत्तिको परीक्षाआफैले लिने भएको छ ।

महानगरपालिका भित्रका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्ति छनोट परीक्षा आगामी  शैक्षिक सत्र २०८०/८१देखि महानगर स्वयंले सञ्चालन गर्ने भएको हो ।

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहका अनुसार सो परीक्षा पछि सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब जेहेन्दार पीछडिएको क्षेत्र तथा आदिवासी जनजातिलगायतका छनोटका आधारमा योग्यताक्रम अनुसार छात्रवृत्ति प्रदान गरिनेछ ।

‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/८१ देखि काठमाडौँ महानगरपालिका आफैँले सञ्चालन गर्नेछ,’ उनले भने ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *