Home  
Janahit Voice

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१८ असार २०८०, सोमबार

काठमाडौं – सङ्घीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेर १ मिनेटमा शुरु हुनेछ ।

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन ।

तेस्तै, विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकहरूमध्ये वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुनेछ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोकुमार राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वाविद्यालय विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, नेपाल विश्वविद्यालय विधेयक,२०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *