Home  
Janahit Voice

झापामा हात्तीको आक्रमणमा परेर झापामा ८० वर्षीया वृद्धाको मृत्यु

१८ असार २०८०, सोमबार

झापाको मेचीनगर नगरपालिकामा सोमबार बिहान हात्तीको आक्रमणमा परेर वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह  रहेकी छिन।

जानकारीमा आएअनुसार पूजा गर्न फूल टिप्ने क्रममा आज बिहान उनलाई सडकमा हात्तीले कुल्चेर मारेको हो। सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन्।

झापामा ६ दिनअघि मात्र हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई हात्तीले कुल्चेर मारेको थियो।

डिभिजन वन कार्यालय झापाकाका अनुसार चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *