Home  
Janahit Voice

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा एकै घरका ३ जनाको ज्यान गयो, १ जना घाइते

१९ असार २०८०, मंगलवार

काठमाण्डाै – अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन जना बालबालिकाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

बिहान ५ बजेतिर खसेको पहिरोले पाणिनी गाउँपालिका-१ गोवनपानीका गंगा रास्कोटीको घर पुरिँदा उहाँका तीन जना नातिनातिनाको ज्यान गएको हो ।

पहिरोमा परेर ज्यान  गुमाउने हरुमा १० वर्षका धनबहादुर रास्कोटी, १२ वर्षका खुमबहादुर रास्कोटी र ११ वर्षकी मञ्जु रास्कोटी रहेका छन। ज्यान गुमाएका बालबालिका दाजुभाइका छोराछोरी भएका बताइएको छ।

पहिरोमा पुरिएर घाइते भएका अर्का  १४ वर्षका बालक सचिन रास्कोटी लाइ उद्धार गरी उपचारका लागि अस्पताल लगिएको  छ । उनीहरु सुतिरहेका बेला पहिरोमा परेका हुन् । घरका अन्य सदस्य भने उठेर गोठको काम गर्न थालेकाले जोगिएका बताइएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *