Home  
Janahit Voice

मलेसियालाई २ सय २१ रनले हराउँदै जित्यो नेपालले एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि

१९ असार २०८०, मंगलवार

काठमाडौं – एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपालले मंगलबार भएको फाइनल खेलमा आयोजक राष्ट्र मेलेसियालाई दुई सय २१ रनको विशाल अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।

यसअघि एसिसीको आयोजनामा हुने गरेको यू-१६ इस्टर्न रिजनमा नेपालले लगातार दुई उपाधि जितेको थियो।

नेपालले सन् २०१७ मा र २०१९ मा लगातार उपाधि जितेको थियो। नेपालले २०१७ को फाइनलमा सिंगापुरलाई ७२ रन र ‍२०१९ को फाइनलमा मलेसियालाई ५९ रनले हराएर उपाधि जितेको थियो।

मंगलबार मलेसियाको बायुमास ओभलमा भएको उपाधि भिडन्तमा नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याएको घरेलु टिम मलेसिया १४.५ ओभरमा ३१ रनमै अलआउट भयो।

मलेसियाका लागि मोहमद अक्रमले सबैभन्दा बढी १० रन जोडे। अरु ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

मलेसियाको ब्याटरमाथि हाबी हुने क्रममा नेपालका कप्तान अभिषेक तिवारीले ५ विकेट लिए। उनले ६ ओभरमा १ मेडन राख्दा ७ रन मात्र दिए।

सन्तोष यादवले ३ विकेट लिए। उनले ३ ओभरमा २ मेडन राख्दा ९ रन दिए।अशोक धामी र सागर गैरेले १-१ विकेट लिन सफल भए।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *