Home  
Janahit Voice

आजबाट मलेसियामा मृत्युदण्डको सजाय हटाइयो

१९ असार २०८०, मंगलवार

मलेसियामा गम्भीर अपराधका घटनामा दिइँदै आएको मृत्युदण्डको सजाय हटाउने निर्णय आजबाट कार्यान्वयनमा आएको छ ।

हत्या र आतङ्कवाद जस्ता गम्भीर अपराध दोषी ठहर हुनेहरूलाई अब ४० वर्षसम्मको कारावास हुने मलेशियाका स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

असाधारण घटनाहरूमा भने मृत्युदण्डको सजाय सुनाउने अधिकार न्यायाधीशहरूसँग कायमै रहने छ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टर  न्याश्नलका अनुसार मलेशियामा मृत्युदण्डको सजाय सुनाइएका हरूको सङ्ख्या झन्डै १३ सय रहेको अनुमान गरिएको छ।

नेपालबाट ‘उल्लेख्य सङ्ख्या’मा कामदार लैजाने मलेशियाको सङ्केत देखिन्छ। सन् २०१८ यता भने त्यहाँ मृत्युदण्ड कार्यान्वयन गरिएको छैन।

गत एप्रिलमा संसद्ले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको थियो। मलेशियामा पछिल्लो तीन दशकमा १३ सयभन्दा बढी दोषीलाई फाँसी दिइएको छ।

 

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *