Home  
Janahit Voice

भारतको गोलभेडा मूल्य वृद्धिको प्रभाव नेपालमा नपर्ने

१९ असार २०८०, मंगलवार

छिमेकी मुलुकहरुमा गोलभेडा महँगिएको छ। भारतका विभिन्न शहरमा मानिसहरूले एक किलो गोलभेडाको लागि एक सय पाँच भारूसम्म तिरिरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

पाकिस्तानमा पनि केही दिन अघिसम्म गोलभेडाको मूल्य दोब्बरले बढेर पाकिस्तानी एक सय रूपैयाँसम्म पुगेको बताइएको छ।

छिमेकीमुलुकमा गोलभेडाको मूल्य अत्यधिक महँगो छ। कतिपयलाई भारतमा महँगो भएपछि त्यसको प्रभाव नेपालमा पनि पर्न सक्छ भन्ने लाग्न सक्छ।

तर यहाँ भारतीय गोलभेडाको मूल्यको केही प्रभाव नपर्ने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बताएको छ।

सामान्यतया यहाँ खपत हुने मध्ये ५० प्रतिशत बराबर गोलभेडा भारतबाटै आयात हुन्छ।

हाल भारतबाट सानो गोलभेडा आएको छैन। ‘यहीँ उत्पादन छ नेपालीहरूले सामान्यतया घरायसी प्रयोजनका लागि सानो गोलभेडाको प्रयोग गर्छन्। लगभग ९० प्रतिशत उपभोग यस्ता सानो गोलभेडाको हुन्छ।

ठूलो गोलभेडा भने होटल तथा रेष्टुरेन्टमा सलादको रूपमा प्रयोग हुन्छ।तेसैले त्यहाँ बढेको मूल्यले नेपालमा केही फरक नपार्ने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

अहिले गोलभेडा उत्पादनको मौसम होइन। वर्षातको सिजनमा खुला ठाउँमा गोलभेडा उत्पादन हुँदैन। टनेलको गोलभेडामा भर पर्नुपर्छ। त्यहीँ भएर विगतमा यो समयमा गोलभेडाको मूल्य पनि महँगो हुन्थ्यो। तर अहिले गोलभेडाको उत्पादन बढी भएकाले बजार नपाएको र फाल्नु परेको कृषक बताउछन।

हाल बजारमा टनेलको गोलभेडा प्रतिकिलो २७ देखि २८ रूपैयाँ किसानले पाइरहेका छन्। भने उपभोक्ताका लागि प्रतिकिलो ४० देखि ५० रूपैयाँमा बिक्री भइरहेको छ। विगतमा यो समयमा गोलभेडाको उपभोक्ता मूल्य प्रतिकिलो एक सय रूपैयाँ हाराहारी हुने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बताएको छ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *