Home  
Janahit Voice

दक्षिण अफ्रिकामा ग्याँस लिक हुँदा १६ जनाको मृत्यु

२१ असार २०८०, बिहीबार

काठमाडौं -विषाक्त नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा दक्षिण अफ्रिकामा १६ जनाको मृत्यु भएको छ । यो घटना दक्षिण अफ्रिकामा जोहनिसबर्गको बोक्सबर्ग भन्ने स्थानमा भएको हो ।

नाइट्रेट अक्साइड ग्याँस लिक हुँदा महिला र बालबालिकासहित १६ जनाको मृत्यु भएको बीबीसीले जानकारी दिएको छ ।

बोक्सबर्गको बाक्लो बस्ती भएको क्षेत्रबाट नाइट्रेट अक्साइड ग्याँस लिक भइरहेको एक सिलिण्डर बरामद भएको छ । मृतकहरु सबै सोही क्षेत्रको एक सय मिटर वरपरको  हुन् ।

अधिकारीहरुले अरुको पनि ज्यान गएको हुन सक्ने अनुमान गरेका छन् । सो क्षेत्रमा उद्धारकर्ताहरुलाई तैनाथ गरिएको छ ।

Gomama Infotech
Gomama Infotech
Gomama Infotech


Janahit Voice is now on the test...!



Leave a Reply

Your email address will not be published. Required fields are marked *